Skip to content

ओलीले कमल थापालाई पार्टीमा भित्रऱ्याउने!

पोखरा।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ,’ अध्यक्ष थापाले भने, ‘यसक्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ । नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ ।

केन्द्रीय तहका नेताहरुसँग हामी छिटै दुई पक्षीय कुराकानी गरेर निष्कर्मा पुर्‍याउने छौँ ।’

अध्यक्ष थापाले पार्टीको स्थानीय तहका कमिटीले एमालेका नेताहरूसँग कुराकानी गरेर सकेसम्म स्थानीय तहमा समझदारी कायम गर्ने प्रयास गरिरहेको बताए । ‘राजनीतिक, कानूनी र व्यवहारिक रूपमा सम्भव भए र त्यस्तै किसिमको समझदारी कायम हुनसके हामीले एमालेसँग सहकार्य र तालमेल गरेर जाने सम्भावना छ ।

साझा चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गर्न दिएका छौँ । आगामी स्थानीय तहको चुनावमा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावना बढेको छ । यो निर्णय होइन पार्टीको धारणा हो ।’

यसअघि एमाले नेताहरूले थापसँग चुनावी तालमेलबारे कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर