Skip to content

नेपाल टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमै दिन भर इन्टरनेट र फोनकल

पोखरा।दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ग्राहक योजना सार्वजनिक गरेको छ । टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस प्याकसहितको नयाँ वर्ष योजना उपलब्ध गराएको हो । यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ मा खरिद गर्न सकिने छ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसका साथै २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डेटा प्याक र ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर