Skip to content

हाइटेन्सन तारमा चढेका विकको ६ घण्टापछि उद्धार!

नुवाकोट, २८ जेठ । विद्युत पोलमा चढेका ४४ वर्षका माइला विकको ६ घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । नुवाकोटको ककनी गाउँपालिकाको हाइटेन्सन लाइनको तारमा चढेका उनको ६ घण्टापछि उद्दार गरिएको हो ।

मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले  बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए।

उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको थियो।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन्। उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर