Skip to content

पूर्व मन्त्रीका पिए भिमकान्त भण्डारी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड २४ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पूर्व नायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भण्डारी २०७३ असोज २१ गते रा. प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सेवा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाशमा गएको अख्तियारले जनाएको छ । आयोगमा प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार भण्डारी विरुद्ध ६ करोड २४ लाख चार हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ।आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो ।

आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६ सय ३६ रुपैँया ९ पैसा मात्र आर्जन भएको देखिन आएको र गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख गरेको छ ।

अख्तियारले उनको र श्रीमती समेतको जम्मा आम्दानी र खर्चको हिसाब गर्दा २६ लाख ६१ हजार ६३६ रूपैयाँ मात्र आम्दानी गरेको देखिए पनि ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसाको स्रोत नखुलेकोले सो रकमबमोजिम बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानी गरेको देखिएको छ (वर्षमान पुनका पूर्व स्वकिय सचिब )

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर