Skip to content

दीर्घकालीन समस्या हल हुने गरि समधान खोज्छु : सांसद खड्का

गोरखा। गोरखाको पालुङटार नगरपालिका वडा १० मा पर्ने खहरे खोला चुतिखोला खारखोलामा केही हप्ता अगाडि आएको भिषणवर्षा बाढीले हजारौं रोपनी  खेती योग्य जमिनलाई बगरमा परिणत गरिदिएको थियो बाढी प्रभाबित क्षेत्रका नागरिकहरुकोआफ्नो जनप्रतिनिधिहरुले  बिपतको घडीमा जनताको साथ मा रहनु पर्ने कुरामा चर्को माग गरे अनुसार संघिय सांसद खड्का त्यस क्षेत्रको अनुगमन गरि बाढी प्रभाबित क्षेत्रका नागरिकसँग आफुले सकेको पहल गर्ने प्रर्तिबद्वता व्यक्त गरे।

जता रहे पनि हिजो पनि तपाईंहरुको बीचमा थिए अहिले पनि तपाईहरुसँग नै छु  भविष्यमा पनि तपाईंहरुको बीच रहिरहनेप्रतिबद्धता ब्य्कत गर्दै संकटको यस घडीमा  आफ्नो बल बुँताले भ्याए सम्म  लाग्ने कुरामा बिश्वस्त पार्दै आफु माथि शंका नगर्न आग्रह गरे बाढी पहिरो भुक्ष्यय हाम्रो क्षेत्रको गम्भीर समस्या भएकाले वडा नगरपालिकाको तहबाट यसको हल गर्न नसक्ने भन्दै सासद खड्काले प्राबिधिकहरुको टोलीलाई अध्ययन तथा अनुसन्धान गर्न लगाई लागत स्टमेट गरेर पालुङटार नगरपालिका बडा  र १० का बडा अध्यक्ष द्वय भेषराज पाँडे ऋषिराज धौरालि साथमा मेयर बिबश चिन्तनलाई काठमाडौं आई सम्बन्धित बिभाग वा मन्त्रालयमा अनुमानित बजेट पेश गर्न सुझाब दिए। हामी सबै तहको जन प्रतिनिधि जनताको सेबक भएकाले जनतालाई दुख पर्दा मलमपट्टी लाउने काम पनि हाम्रै भएको कुरा सांसद खड्काले बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर