Skip to content

बिपन्नका लागि सहारा बन्दै गोरखा नगरपालिका

गोरखा।गोरखा नगरपालिका गोरखाले नगर भित्र रहेका एकल बिपन्न महिलाहरुलाई आयआर्जन हुने गरेर जिबिका उपार्जन गर्ने उद्वेश्यले सोमबार २८ वटा बङगुर बितरण गरिएको छ ।

कृषि तथा पशु शाखाले आज एक कार्यक्रम गरि नगर भित्रका एकल महिला तथा गरीब व्यक्तिहरुका लागि आम्दानी र गुजरा चलाउन सहज होस् भन्ने मनासयले बङगुर बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले जानकारी दिनु भयो । बङगुर बितरणले आयआर्जनमा समेत बृद्वि भई जिउनको लागि सहज हुने गोरखा नगरपालिका वडा न १३ का जुनकि सुनारले बताइन। हामी जस्ता बिपन्न बर्गको लागि नगरपालिका सहारा बनेको उनको भनाइ छ । यस्तो कामले सकारात्मक सन्देश जाने भन्दै बिपन्न र गरिबका लागि जहिले पनि यस्तै काम गर्न सल्लाह दिइन । कार्यक्रममा बङगुर बितरण गर्दै गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले महिला , तथा बिपन्न बर्गहरुको लागि आफू सधै साथमा रहने बिश्बास ब्यक्त गरे । अबका दिनमा धेरै महिला र कृषकलाई पुरै अनुदान दिने बताउँदै यसै कार्यक्रम अन्तरगत गरिब तथा कृषकलाई पनि ५०% प्रतिशत अनुदानमा छ/छ जना जम्मा गरेर ३४ जना कृषकलाई बङगुर बितरण गरिएको कृषि तथा पशुपन्क्षी शाखाका प्रमुख नवीन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर