Skip to content

मेयर कृष्णरानाद्वारा गोरखामा ऐतिहाँसिक त्रिभुवन पुस्तकालय उद्घघाटन

गोरखा। स्थानीयको धेरै मिहिनेत र सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भबन निर्माण भएको छ । १८ वर्षदेखि लगातार बन्द रहेको गोरखा नगरपालिका ६ तीनधारे स्थित पुस्तकालय भबन जिर्ण भएपछि स्थानीयको सक्रियतामा नयाँ निर्माण गरिएको हो ।
२००८ सालमा स्थापना भएको सो पुस्तकालय पटक पटक बन्द हुँदै खुल्दै आएको थियो । तत्कालिन समयमा मनकामना केबलकारका सञ्चालक लक्ष्मण बाबु श्रेष्ठ सहित प्रेमकुमार श्रेष्ठ, चुडानारायण किसुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठ लगायतको समुहले पुस्तकालय स्थापना गरेका थिए । २०७२ सालको भूकम्पका कारण पुस्तकालय भवन भत्किएको थियो ।
स्थानीय मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर तीनवर्ष अघिदेखि पुस्तकालय भबन थालिएको थियो । करिब ४८ लाख रुपैयाँको लागतमा निर्माण भएको भबनको मंगलवार गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन्।
निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले भबन नयाँ बनेपनि त्यहाँ भित्र राख्ने पुस्तक अभाव रहेको बताउनुभयो । नगरप्रमुख राना मगरले पुस्तकालय सञ्चालन गर्न आवस्यक सहयोग गर्ने बताए । उपप्रमुख मसलीमाया थोकरले पुस्तकालयले ज्ञानको स्तर बढाउन मद्धत पुग्ने भएकाले अहिलेको पुस्तालाई पुस्तकालय सम्म जाने र अध्ययन गर्ने थलोको रुपमा लैजानुपर्ने बताइन ।
पूर्व नगर प्रमुख राजनराज पन्तले त्रिभुवन पुस्तकालय गोरखाको एउटा महत्वपूर्ण इतिहास भएकाले यसको संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, दाताहरु राजेशबाबु श्रेष्ठ, अशोकबाबु श्रेष्ठ, द्रब्यशाह बहुमुखि क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पुस्तकालय भबन निर्माणका समन्वयकर्ता डाक्टर राजुबाबु श्रेष्ठ, निर्माण समितिका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर