Skip to content

एमालेले सातै प्रदेशमा प्रशीक्षण कार्यक्रम संञ्चालन गर्ने

काठमाडौं।नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको हिोज सम्पन्न सचिवालय बैठकले प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिएको हो ।

एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले व्यापक र चौतर्फी घेराबन्दीबीच गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुनसकेको निष्कर्ष निकालिएको जानकारी दिए ।बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने विभिन्न विभागमा सचिव तोकेको छ ।

सचिवको जिम्मेवारी पाउनेमा वित्त तथा कोष व्यवस्थापन विभागमा डा भीष्म अधिकारी, सङ्गठन विभागमा सम्झना देवकोटा, प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, स्थानीय तह विभागमा हर्क राई, परराष्ट्र मामिला विभागमा अन्जान शाक्य, सङ्घीय मामिला विभागमा शिव गुरूङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुङ्गाना, अर्थ तथा योजना विभागमा योगेन्द्र शाही, कानून विभागमा डिल्लीराम मैनाली, उपभोक्ता हित संरक्षण विभागमा मोहनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी, संसदीय मामिला विभागमा डा.सूर्य पाठक, सामाजिक सेवा विभागमा डा.नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा मनोनयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर