Skip to content

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो।

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

वृद्धि भएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल अब १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँ पर्ने छ ।
वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर