Skip to content

प्रतिनिधिसभाको नेकपाका बहुमत सदस्यको भेलाको निष्कर्ष ‘प्रतिनिधिसभाको नियमित काम सुचारू गर्न ‘निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सांसदले प्रतिनिधिसभाको नियमित प्रक्रिया अघि बढाउनुपर्ने निश्कर्ष निकालेको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ सांसदको भेलाले प्रधानमन्त्रीले स्वच्छाचारी किसिमले हठात प्रतिचनिधिसभा विघटन गरेको ठहर गर्दै भर्त्सना गरेको छ ।

प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी प्रतिनिधिसभा विघटनको सिफारिस गरेको र संविधान संरक्षण गर्नुपर्ने राष्ट्रपति पनि संवेदनशील नभएको नेकपाका बहुमत सांसदहरुको ठहर छ ।

संसद विघटन अस्वीकार्य रहेको भन्दै नेकपाका सांसदहरुले अबिलम्ब संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।

‘नेपालको संविधान बमोजित प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । प्रतिनिधिसभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अगाडि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

सदनको प्रक्रिया कसरी अगाडि बढाउने सभामुखले निर्णय गर्नसक्ने नेकपा प्रमुख सचेतक देव गुरुङले बताए ।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये ९० जनाले संसदको विरोधमा हस्ताक्षर गरेका छन् । राष्ट्रियसभामा नेकपाका ५० सदस्य छन्, जसमध्ये २४ जना प्रचण्ड–माधव नेपाल समूहले बोलाएको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेका छन् ।

सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर