Skip to content

भीमसेन थापा गाउँपालिकामा वडा-वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु

गोरखा।गोरखाको भिमसेन थापा गाँउपालिकाले हिजोदेखि वडावडामा पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्र सम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाले बैंकसंगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नम्बर १ स्थित मसेलबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । ‘बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मी समेत परिचालन गरि आबश्यक सवै प्रवन्ध गाउँपालिका कार्यालयले मिलाएको छ, उहाँले भन्नुभयो, ‘भत्ता लिनका लागि हैरानी खेप्नु परेको लाभग्राहीको चर्को गुनासो थियो हामीले पालिकामा नेतृत्व लिएसंगै अब वडावडामा नागरिकहरुले सुबिधा पाउन थालेका छन् ।’

गाउँपलिकाले आज वडा नं. २ मा, १२ गते, वडा नं. ३ मा, १५ गते वडा नं. ५ मा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने कार्य तालिका रहेको छ । त्यस्तै वडा वडा नं. ७ मा १६ गते र वडा नं. ८ मा १७ गते लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष बन्जारले जानकारी दिनुभयो । वडाबाट नै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर