Skip to content

आईओसीबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

पोखरा।भारतीय आयल कर्पोरेसन (आईओसी) बाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ ।आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । साउन १६ गते डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा तथा साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन । पछिल्लो पटक मूल्य घटेसँगै नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा भएको छ भने डिजेलमा भने ५ रुपैयाँ घाटामा छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी नै छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ । भारतीय बजारमा पछिल्लो एक महिनामा पेट्रोलको मूल्य ५५.३० प्रतिशत र एलपीजी ग्याँसको मूल्य ३२ प्रतिशतले कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर