Skip to content

प्रचण्डद्वारा माडीमा ३ वटा आयोजनाको शिलान्यास, एक पुलको उद्घाटन

भरतपुर।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का सांसद रहनु भएका अध्यक्ष प्रचण्डले रीउको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र मगुई नजिकै कजवे निर्माणका लागि करीव ८ करोड रुपैंया बजेटमा भएको एकीकृत टेण्डरको बनकट्टामा शिलान्यास गर्नुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत बरुवा बजारबाट भैरवपुर, पर्साचोक हुँदै सितलपुर (गंगटे खोला) पुग्ने १३ किलोमिटर कालोपत्रे तथा ८ वटा कल्भर्ट र नालासहितको २५ करोड रुपैंया बजेट रहेको रणनैतिक सडकको बरुवा बजारमा उहाँले शिलान्यास गर्नुभयो ।
त्यस्तै, नारायणी तटबन्धन आयोजना भरतपुरद्वारा निर्माण हुन लागेको करीब २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगोई र चितई खोला तटबन्धन कार्यक्रमको प्रचण्डले टम्टा बजारमा शिलान्यास गर्नुभयो ।
माडी–ठोरी हुलाकी सडक अन्तरगत पर्ने रतनी पुलको एक कार्यक्रमका बीच उद्घाटन पनि गर्नुभयो । माडीमा हुलाकी सडकमा ११ वटा पुल निर्माण भएका छन् । यो पुलसँगै ३ वटा पुलको उद्घाटन भइसकेको छ । बाँकी ८ वटा पुलको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्न बाँकी रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्य रोकेको छ ।
शिलान्यास तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माडीमा सोचेको जति विकास गर्न नसकेको बताउनुभयो । माडीमा विकासले गति भने लिइरहेकाले अन्य पालिकाको तुलनामा धेरै राम्रा काम भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रचण्डलाई सांसदका रुपमा पाउनु माडीको लागि अवसर भएको बताउनुभयो ।
प्रचण्डलाई विकासको नेतृत्व र देशकै नेतृत्व गर्ने व्यक्तिका रुपमा प्रस्तुत गर्दै ४ वर्षको बीचमा माडी क्षेत्रमा उल्लेख्य विकास र परिवर्तन भएको आफूले देखेको बताउनुभयो ।
माडीको विकासका लागि आचार संहिता लाग्नु अगावै दर्जनौं कार्यक्रमहरु शिलान्यास भई चुनाव अगावै अगाडी बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । यस्तै  वनमन्त्री प्रदीप यादवले माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभयो ।
माडीमा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्न बाँकी पुलको काम चार दिनभित्र सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आउँदो संघीय र प्रादेशिक निर्वाचन अगावै माडीबासी र निकुञ्जबीचको द्वन्द समाप्त भइसक्ने र आफ्नो मन्त्रालयबाट कुनै अवरो

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर