Skip to content

सत्ता गठबन्धन कांग्रेशको कारण गम्भिर मतान्तर;वाममोर्चा बनाएर चुनावमा जाने प्रचण्डको संकेत

काठमाडौ। नेकपा (माओवादी केन्द्रका)अध्यक्ष प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा नयाँ नयाँ बखेडा झिकिरहेको बताएका छन्।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताए।

‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ’, उनले भने, ‘कांग्रेसले सिट बाँडफाँटमा ज्याताबिधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।’

प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताए।

‘हाम्रोबीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन’, उनले भने, ‘त्यसैले कमरेडहरुले ध्यान दिनुहोला।’

उनले अबको तीन महिना गुनासो गर्नेमा भन्दा पनि निर्वाचनमा पार्टीलाई जिताउन लाग्न पनि नेताहरुलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर