Skip to content

गोरखा भ्रमण उपलब्धी मुलक बरोको डेपुटी काउन्सिल: मरिस सिहान

गोरखा।गोरखा नगरपालिकाको औपचारिक भ्रमण आएका बेलाएतका रश्मोर बरोका डेपुटी काउन्सिल लिडर मरिस सिहानले गोरखाभ्रमण उपलब्धि मुलक भएको बताएका छन् ।भ्रमणको पाचौ दिन गोरखा नगरपालिकाले गरेको बिदाई कार्यक्रममा मरिस सिहानलेसो कुरा बताएका हुन् उनले बरो काउन्सिल गोरखा नगरपालिका बीचको सम्बन्धले निरन्तरता पाउने बताउँदै भोलिका दिनमा पनि हामी बीच बलियो सम्बन्ध स्थापित हुनेछ उनले भने

गोरखा भ्रमणका क्रममा यहाँका स्वास्थ्य संस्था,अस्पताल, खेलमैदान, बिद्यालयको अबोलोकन अबसर मिलेको बताउदै ती, क्षेत्रमा रश्मोरले सहयोग गर्न चाहेको बताए रश्मोर बरो काउन्सिल डेपुटी मेयरसहित पाँच दिने भ्रमणका लागि गोरखा आएका टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित पत्रकार भेटघाटमा शिक्षा, स्वास्थ्य, खेल क्षेत्रमा सहकार्य गर्ने दुबै पालिकाले घोषण गरेका हुन्

गोरखा नगरपालिकका मेयर कृष्ण रानाले यो भ्रमणले हामी बीचकोसम्बन्ध मजबुत बनाएको बताउदै यहाँको ईतिहास, भुगोल, शिक्षा, स्वास्थ्य बिकासको बारेमा निरन्तर छलफल भएको काउन्सिल नगरपालिका बीच निरन्तर भेटघाट हुने त्यहाँको सिकाईलाई यहाँ प्रयोग गर्ने गरी अघि बढ्ने बताए त्यस्तै रश्मोरकाकाउन्सिलर जिब बेल्बासेले रश्मोरमा भएको अभ्यासबाट सिक्न सहयोग गर्ने ठाँउमा संघ संस्थालाई जोड्ने गरी बाताबरण सृजनागरिने बताए दुई नगरपालिका बीच भएको सम्बन्ध गर्व गर्न लायक भएको पनि बताए रश्मोरको टोलीलाई गोरखा नगरपालिकालेबिभिन्न ऐतिहासिक ठाउँ गोरखा संग्राहलय, गोरखा दरबार, भिमसेन पार्क चितवनको सौरहा भ्रमण गराएका थियो

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर