Skip to content

सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो : प्रचण्ड

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले  गणतन्त्रप्रति प्रहार हुँदा  त्यसको रक्षाका लागि सडकको घेराबन्दीको नेतृत्व आफुले गरेको बताएका छन् माक्र्सवादी ज्ञान केन्द्रद्वारा काठमाडौँमा आइतबार आयोजितनेपाली समाजवादको मार्गचित्रविषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बताए

परिवर्तनलाई उल्ट्याउने त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउँदै प्रचण्डले मङ्सिर गतेको निर्वाचपछि सडकमा जाने बताए संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा बयान दिने क्रममा आफू सडकको घेराबन्दीमा परेको भनेर भनेको उल्लेख गर्दै उनले  त्यो सडकको घेराबन्दीको नेतृत्व आफुले  गरेको हो भन्ने लागेको बताए।  लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तर्फ जान्थ्यो उनले भने यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले आफू सडकमा जान लागेको बताउँदै प्रचण्डले एक वर्ष भित्रमै ठूलै आन्दोलन हुने बताएका छन्

अहिलेको गणतन्त्र त्यत्तिकै नआएको त्यसका लागि ठूलो त्याग सङ्घर्ष रहेको भन्दै प्रचण्डले संविधानले समाजवादको परिकल्पना मात्रै गरेको भए पनि साँच्चै समाजवादको ठोस भिजन कार्ययोजना सहित जगैदेखि उत्पादन वृद्धि, श्रम संस्कृति रुपान्तरण गर्ने योजना आफ्नो रहेको बताए त्यही योजनाका साथ आफ्नै पहलमा वाम गठबन्धन गरेको तर त्यो सफल नभएको उनको धारणा थियो 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर