Skip to content

प्रचण्डसॅंग चिनीयाँ प्रतिनिधिमण्डलले दुई घण्टा वार्ता गऱ्यो

काठमाडौं। नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा  अध्यक्ष प प्रचण्डसँग प्रचण्ड निवास खुमलटारमा वार्ता  भएको छ ।प्रतिनिधि मण्डल र प्रचण्डबीच आज करिब दुई घण्टा वार्ता भएको हो।

प्रचण्डसँगको वार्ता सकिए पश्चात  चिनियाँ टोली नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेको  छ ।

हिजो नै चिनियाँ टोलीले  प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष खड्गप्रसाद ओलीलाई बालुवाटारमा भेट गरेको थियो ।

आइतबार दिउँसो  साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा भित्र आएको बिभाजन र अस्थीर राजनीतिबारे कुराकानी गरेको एक उच्च स्रोतले बतायो।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार मात्रै चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर  काठमाडौँ आएको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर