Skip to content

चितवनमा माओवादी प्रवेश गर्नेको लर्को, एकै दिन ७ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

भरतपुर। संघीय निर्वाचनको नजिकिदै जाँदा चितवनमा माओवादी प्रवेश गर्नेको लर्को लागेको छ । आइतबार जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा ७ सय जनाले विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नव प्रवेशीहरुलाई खादाँ लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रबेश पश्चात

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको ध्ये जनताको अवस्था बदल्ने रहेको बताउनुभयो ।
प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ। ’
विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताउनुभयो । ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ । उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

फोटो:पोखरा प्रेस

उहाँले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत तथा धन्यवाद व्यक्त पनि गर्नुभयो । कार्यक्रममा चितवनका स्थापित ब्यवसायी तथा उद्यमी विजय घले नेकपा एमाले परित्याग गरी ३ सय कार्यकतासहित माओवादी प्रवेश गर्नुभयो । यस्तै माओवादी नेता दानबहादुर गुरुङको पहलमा भरतपुर १८ का आमा समुहसहित २ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको पार्टीका चितवन जिल्ला सचिव द्रोणबाबु शिवाकोटीले जानकारी दिनुभयो । यस्तै भरतपुर १६ बाट मुस्लिम समुदायको धर्मगुरुको नेतृत्वमा माओवादी केन्द्र प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नायरायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, रेनु दाहाल, ज्ञानु बस्नेत, केन्द्रीय सदस्य ईश्वरी भट्टराई, ठाकुर ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर