Skip to content

ओलीले दुई बर्षसम्म गफ चुटेर बिताए

काठमाडौंः नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षसम्म गफ चुट्ने काम मात्रै गरेको आरोप लगाएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै महतले ओलीलाई सो आरोप लगाएका हुन् । उनले भने, ‘ओली सरकारले आकाश पाताल जोड्ने गफ चुटे पनि काम गरेनन् ।’ प्रधानमन्त्री ओलीले रेल र पानीजहाज ल्याउने कुरा गरे पनि दुई वर्षसम्म सर्भेसमेत नभएको बताए ।

‘खोइ रेल र पानीजहाज ? कुरैकुरामा जनतालाई रनभुल्लमा पार्ने ? गफैले जनता अगाउँछन् भनेर गफ लगाइदिने ?’ उनले प्रश्न गरे ।

उनले ओली सरकारले संस्थागत भ्रष्टाचार गरिरहेको पनि बताए । सरकारले भ्रष्टाचार र कमिसनभन्दा अर्को शब्द नजानेको भन्दै कांग्रेस सहमहामन्त्री डा. महतले भने, ‘कोभिडको यत्रो महामारीमा भ्रष्टाचार गर्नु त के, सोच्नु पनि पाप हो । तर उहाँहरुले त भ्रष्टाचार सोचेको मात्र होइन, गरेरै देखाउनु भयो ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर