Skip to content

दुई पटक संसद भंग गरेर मध्यराती सदर गर्नेहरुलाई भाेट नदिनुस : प्रचण्ड

संसदिय दलको नेता प्रचण्ड

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एंबम गाेरखा क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदार प्रचण्डले दुई दुई पटक संसद भंग गरेर मध्यराती सदर गर्नेहरुलाई मतदान नगर्न आग्रह गर्नु भएकाे छ । गाेरखाकाे सहिद लखन गाउँपालिका घैरूङ बतासेमा आयाेजित चुनाबी सभालाई सम्बाेधन गर्दै प्रचण्डले देशमा संविधान बनिसके पछि याे देशका महिला आदिबासी जनजाति किसान मधेसी सबैकाे हक अधिकारलाई प्रतिनिधित्व हुने गरि संविधान बनेपछि अब राजनितिक दुर्घटना हुने छैन भन्ने साेचेका थियाै ।

तर सत्तरी बर्ष लडेर ल्याएकाे संबिधानलाई मिच्ने र च्यात्ने नेपाली जनताले पाएका अधिकार खाेस्ने केपी ओलीबाट दुस्साहस भयाे केपी ओलीकाे सरकारले संसद माथि पटक पटक हमला गर्दै रातकाे दुईबजे सदर गर्ने काम भयाे प्रचण्डले भन्नूभयाे ।

अब के का लागि केपी ओलीकाे पार्टीलाई भाेट दिने भन्दै गाेरखाबासीलाई भाेट नदिन आग्रह गर्नु भयाे । सबैकाे साथ र सहयाेगले प्रतिगमनलाई परस्त गर्न सहज भएकाे बताउँदै त्यसैकाे उपलब्धीमा गठबन्धन भएकाले मंसिर ४ गते संबिधानका भक्षकलाई सबक सिकाई दिनु पर्ने उहाँले बताउनु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर