Skip to content

ओलीको अहङ्कारले एमाले यहीँ चुनावबाट पत्तासाफ हुँदै:प्रचण्ड

संसदिय दलको नेता प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले केपी शर्मा ओली अहङ्कारी रूपमा उदाएपछि वाम गठबन्धन टुटेको बताउनु भएको छ।
मंगलबार सुर्खेतको लेखबेशी नगरपालिकाको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वामपन्थीको खोलभित्र अहङ्कारी रूपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको बताए।
अहिलेको गठबन्धन १५ वर्षसम्म लैजाने आफूहरुले सङ्कल्प गरेको बताउँदै अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष ओलीसँग अब कुनै सहकार्य नहुने बताए। ‘यो गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन शान्ति सम्झौताकै निरन्तरता हो, देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ।’
केपी ओलीमा चरम अहंकार देखिएको भन्दै प्रचण्डले सत्ता कब्जा गरेर निरङ्कुश तरिकाले सत्ता सञ्चालन गर्ने र अहिलेसम्मका सबै उपलब्धि एवं परिवर्तनलाई उल्टाउने दुस्प्रयास गरेपछि गठबन्धन बनाउनु परेको बताए।

ओलीको अहङ्कारले एमाले यहीँ चुनावबाट बढारिने प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर