Skip to content

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

काठमाण्डु। लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

विगत लामो समयदेखि पटक-पटक इण्डियन आयल कर्पोरेसनबाट घटेर मूल्यसूची आए पनि घाटा लाग्ने भन्दै निगमले आन्तरिक बजारको इन्धनको मूल्य समायोजन गरेको थिएन । यसको चौतर्फी आलोचना हुँदै आएको थियो।

पछिल्लोपटक शुक्रबार आइओसीले मूल्य घटाएर नयाँ सूची पठाएपछि भने निगमले पनि मूल्य समायोजन गरेको हो ।

निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ३ ले घटाएको छ ।

मूल्य समायोजन भएसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम भएको छ ।

एलपी ग्याँसको मूल्य र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन नगरिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

निगमले नेपाल सरकार र आइओसीलाई डिसेम्बर २०२२ मा तिर्नुपर्ने नियमित भुक्तानीसहित करिब १९ अर्ब तिर्न बाँकी रहेको समेत निगमको दाबी छ ।

तिर्न बाँकी रकम ठूलै हुँदा समेत उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर