Skip to content

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरीको कब्जामा

काठमाण्डु। नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको बताएको छ । उनलाई प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा पक्राउ गरिएको सैनिक स्रोत बतायो ।उपरथी शाही उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए। तर उनी आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी गर्दै सर्वोच्च पुगेपछि अदालतले उनको पक्षमा फैसला गरेको थियो।
शाहीले पुस ७ मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश गरी गर्दै शाहीको निवेदनअनुसार नै फैसला गरेपछि उनले थप एक वर्ष जागिर खान सक्ने अवस्था थियो ।

शाहीको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते थियो भने प्रमाणपत्रमा २०२३ पुस २० गते थियो । सेनाको अभिलेखालयमा २०२२ पुस २० भएकाले १५ दिनअघि नै सेनाले उनलाई अवकाशको पत्र थमाएको हो ।खबरहबबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर