Skip to content

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घण्टा गोप्य वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हिजो साँझ दुई घण्टा गोप्य वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संघीय र प्रदेश सरकारको मन्त्रालय भागबण्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । अहिले सातवटै प्रदेश सरकार बनिसकेको छ ।

अब संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ । बुधबार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मंगलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए । प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।

यही पुस ११ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीले सपथ लिएका थिए । त्यस्तै राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी विना विभागीय मन्त्रीले पनि सपथ लिएका थिए ।

हिजोको बालुवाटार वार्तामा विनाविभागीय मन्त्रालयको टुंगो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर