Skip to content

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफः संसद विघटन प्रधानन्त्रीको विशेषाधिकार !

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रप्रमुखको भूमिकाबाट च्युत भएर प्रधानमन्त्री केपी ओलीको सहयोगीका रुपमा प्रस्तुत भएको राष्ट्रपति कार्यालयले संसद विघटनबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका क्रममा सर्वोच्चको संवैधानिक इजलासले आजसम्म जवाफ पेस गर्न राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखलाई आदेश दिएको थियो ।

श्रोतका अनुसार राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु कानूनी र संवैधानिक भएको जिकिर गरिएको छ ।

नेपालको आफ्नो नजिर, अन्तर्राष्ट्रिय प्रचलन तथा प्रधानमन्त्रीको विशेषाधिकारका आधारमा ताजा जनादेशमा जानु सही ठानिएको जिकिर जवाफमा छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुकै विरोधबीच गत ५ पुसमा संसद विघटनको सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन मन्त्रिपरिषदको सिफारिस सदर गर्दै आगामी १७ र २७ वैशाखमा दुई चरणमा प्रतिनिधिसमा निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

त्यसलाई सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल समूहले असंवैधानिक र अलोकतन्त्रिक भन्दै सडक संघर्षका कार्यक्रम घोषणा गरिेसकेको छ ।

संसद विघटनविरुद्ध करिब दुई दर्जन रिट दायर भएका छन् । रिटहरु उपर आगामी २२ पुसबाट संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

सर्वोच्चले मुद्दा फैसलाका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको सहयोग मागेपछि दुई बारले पाँच वरिष्ठ कानून व्यवसायीलाई एमिकस क्युरीका रुपमा बहसमा सहभागी गराउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर