Skip to content

सेना दिबसकाे अबसरमा प्रधानसेनापति प्रभुराम शर्माद्वारा गाेरखा नगरपालिकाका मेयर र उपमेयर सम्मानित

गाेरखा। गाेरखा नगरपालिकाका मेयर कृष्ण राना मगर र उप मेयर मसलीमायाँ थाेकर नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माद्वारा सम्मानित भएका छन् ।

शनिबार महाशिबरात्री तथा नेपाली सेना दिबसकाे अबसर पारेर मेयर र उपमेयरलाई सम्मान गरिएकाे नेपाली सेनाले जनाएकाे छ ।

नेपाली सेनाकाे २६० ओै बार्षिक उत्सकाे अबसरमा सैनिक मञ्च टुडिखेलमा सम्पन्न भब्य समराेह बीच प्रधानसेनापति प्रभुराम शर्माद्वारा प्रधानसेनापति प्रशंसा निशान तथा कदर पत्र प्रधान सेनापति ब्याच र मेडलद्वारा गाेरखा नगरपालिकाका मेयर कृष्ण राना मगर र उप मेयर मसली मायाँ थाेकर सम्मानित भएका हुन् ।

पाैष २७ गते पृथ्बीजयन्तीकाे दिनमा नेपाली सेना र गाेरखा नगरपालिकाकाे सयुक्त आयाेजनमा बिजय बिगुल सहितकाे सलामी कार्यक्रम तथा हरेक दिन राष्ट्रिय एकताका प्रतीक पृथ्बीनारायण शाहलाई सलामी अर्पण कार्यक्रम गाेरखामा गरि सहयाेग गरेकाेमा गाेरखा नगरपालिका , गाेरखा नगरपालिकाका मेयर गाेरखा नगरपालिकाका उपमेयरलाई सम्मान र मेडल प्रदान गरिएकाे नेपाली सेनाकाे जंगी अड्डाले जनाएकाे छ ।

उक्त समारोहमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा को अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी राष्ट्रपति बिद्यादेवी भण्डारी उपराष्ट्रपति नन्द किशाेर पुन विशेष अतिथी र प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड लगाएत विशिष्ट ब्यक्तित्वहरुकाे विशेष रहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर