Skip to content

प्रतिनिधिसभा पुनस्थापना हुने कुरामा नेकपा ढुक्क

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको नेकपाको राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताएका छन्।

मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पश्चगमनतिर लागेको कुरा उनको व्यवहारबाटै प्रष्ट भएको बताएका छन् ।

श्रेष्ठले भने, ‘हामी ढुक्क छौं संविधानअनुसार प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। पार्टीको नाम र चुनाव चिन्ह हामीसँगै नै आउँछ। यसमा कसैले द्वुविधा नमाने हुन्छ।’ श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुसँगै रहेको पनि दावी गरे । उनले भने, ‘पार्टी ऐनले प्रस्ट भनेको छ, तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी हो । अर्को पक्षको ४० प्रतिशत पुगेमा पार्टीको मान्यता दिने भनेको छ ।’

कसैलाई सत्तामा पुर्‍याउन, प्रधानमन्त्री र मन्त्री मुख्यमन्त्री बनाउन आफूहरूले पार्टी एकता नगरेको श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर