Skip to content

१नम्बर प्रदेशमा राप्रपा सत्तामा लिसो टासिए झै टासिने

बिराटनगर। राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो ।

प्रदेश १ मा विशिष्ट परिस्थीति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको राप्रपा प्रदेश १ अध्यक्ष राम थापाले बताए ।

‘प्रदेश १ को परिस्थिति विशिष्ट किसिमको छ, अर्काे निर्णय नभएसम्म सरकार छाड्दैनौं,’ उनले भने, ‘अर्काे परिस्थिति बन्यो भने निर्णय हुन्छ ।’ वर्तमान अवस्थामा सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले राजीनामा नदिने उनले बताए ।

प्रदेश सरकारमा राप्रपाबाट भक्ती सिटौला मन्त्री बनेका छन् । सिटौला प्रदेश र केन्द्रीय नेतृत्वले आफूलाई तत्काल सरकार नछाड्न भनेको बताउँछन् ।

‘पार्टीको प्रेस नोट पढेपछि म राजीनामा दिने तयारीमा थिए, तर केन्द्रीय अध्यक्षसँग प्रदेशको परिस्थितिको विषयमा छलफल भयो,’ उनले भने, ‘उहाँले पनि पर्खाै भन्नु भएको छ ।’ प्रदेश समितिको बैठकले पनि तत्काल सरकार नछाड्ने निर्णय गरेको उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । ४० सिट जितेको एमाले र ६ सिट जितेको राप्रपाको सांसद संख्या ४६ पुग्छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाको सांसद संख्या पनि (सभामुख बाहेक) ४६ नै पुग्छ ।

निर्वाचन प्रक्रियामा दुवै तर्फको मत बराबर भए सभामुखले निर्णयक मत दिन पाउँछन् । तर सरकार गठनको प्रकृयामा भने सहभागिता जनाउन पाउँदैनन् । सभामुख बाहेक दुवै पक्षको ४६–४६ संख्या भएका कारण प्रदेशमा सरकार परिवर्तन सहज छैन । प्रदेशमा विशिष्ट परिस्थिति भएका कारण पनि तत्काल सरकारबाट नबाहिरिएको राप्रपा केन्द्रीय प्रवक्ता समेत रहेका मन्त्री सिटौलाले बताए ।

माओवादी केन्द्रले पनि प्रदेश १ वर्तमान सरकार छाडेको छैन । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेशमा तत्काल सरकारबाट बाहिरिने विषयमा नसोचिएको बताउँछन् । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर