Skip to content

मन्त्री खान कांग्रेसभित्र रडाको

पोखरा।।कांग्रेसभित्र अबको सरकारको नेतृत्व गरेर जाने भन्नेमा विवाद सुरु भइसकेको छ । उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरेर जानका लागि कांग्रेसभित्र तीनजना नेताको हानथाप सुरु भएको बताइन्छ । प्रचण्डसँगको गठबन्धनको पक्षमा पहिलादेखि नै लागेका उपसभापति पूर्णबहादुर खड्का पनि उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरेर सरकारमा जान खोजिरहेका छन् । प्रचण्डसँग ट्युनिङ मिल्ने भएकोले नेता खड्का सरकारमा जान खोजिरहेको बताइन्छ । पहिला खड्काले मन्त्रीमा नजाने, तर उपप्रधानमन्त्रीसहित पाए सरकारमा जाने धारणा राखेका कारण अप्ठ्यारोमा परेका छन् ।

पार्टीका नेताहरुले उक्त कुरा पनि उठाउन थालिसकेका छन् । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री भएर खड्का जान खोजिरहेका छन् । २०७९ पुस १० गते गठबन्धन भत्किनुअघि उपप्रधानमन्त्री तथा गृह वा अर्थ मन्त्रीका लागि प्रकाशशरण महतले प्रयास गरेका थिए । आरजु देउवाको कोटाबाट महतले उक्त प्रयास गरेका थिए । पार्टीभित्र त्यसले केही रडाको पनि निम्त्याएको थियो । त्यसैले अहिले खड्का र महतवीच गृहका लागि हानथाप भएको स्रोत बताउछ ।

उता, उपप्रधानमन्त्रीसहित सरकार जान खोजेका ज्ञानेन्द्रबहादुर कार्की पनि देखिएका छन् । उनी भने अर्थमन्त्रालय खोजिरहेका छन् । स्रोतका अनुसार खड्का, महत र कार्की सरकारमा जाने तर नेतृत्व गरेर जाने लविङमा रहेका कारण कांग्रेसभित्र उनीहरुको विरोध पनि हुन थालिसकेको छ । हरेकपटक अवसर दिइरहने भन्दै देउवाविरुद्ध मत बढ्न थालेको छ ।

यता, महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारमा जान सक्ने बताइएको छ । गगन थापा चाहिँ संसदीय दलको नेतामा चुनाव लडिसकेका कारण उनी सरकार नजाने तर शर्मालाई भने पठाउन सकिने बताइएको छ । त्यसो त, यो युवाहरुको टीमबाट प्रदीप पौडेल पनि सरकारमा जान सक्ने बताइन्छ । तर, अहिले नै उनीहरु मुख खोलिसकेका भने छैनन् ।

कांग्रेस नेता मध्ये निष्कलंक छवि बनाएका भद्र व्यक्तित्व खड्कालाई भावी सभापतिको रुपमा देउवाले अगाडि सार्ने संभावना भएका कारण पनि देउवाको अबको रणनीति खड्का केन्द्रित हुने विश्लेषण भइरहेको छ । खड्कालाई अगाडि सार्दा महतले अस्वीकार गरे पनि उनीसँग पार्टी भित्र र बाहिर जनमत नभएका कारण उनको विरोधको खास असर भने पर्ने छैन तर बालकृष्ण खाणलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता अहिलेलाई देखिएको छ । चुनाव हारेका कारण कांग्रेस भित्र खाणको बार्गेनिङ पावर घटिसकेको छ । साँघु साप्ताहिकबाट।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर