Skip to content

भीम रावलले अन्तिमसम्म एमाले पार्टी नछोड्ने

अत्तरिया । नेकपा (एमाले)का नेता डा. भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्।धनगढीमा हिजो आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने चेतावनी दिए।

“अहिलेसम्म नेकपा (एमाले)को सदस्यमा छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु”, उनले भने, “पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।”

उनले देशमा सङ्कट आए जुनसुकै पार्टीका नेता कार्यकर्तालाई भेट्न सक्ने जिकिर गरे। समाजवादीमा जान लागेको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै नेता कार्यकर्तासँग भेट गर्दैमा अर्को पार्टीमा गएको भन्न नहुने बताए। उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी रहने बताए।नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाए।

उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरे। “म २०४८ सालदेखि चुनाव लड्दै आएको छु, कहिल्यै कसैसँग टिकट मागिनँ, तपाईंले माग्नुभयो र ?”, उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्नसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर