Skip to content

नुवाकोटमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको निधन, १० जना घाइते

काठमाण्डु। टाटा सुमो दुर्घटना हुँदा तीन जनाको निधन, १० जना घाइते । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

बेतिनीबाट यात्रु लिएर काठमाण्डु जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको थियो ।

यस्तै, वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाण्डु जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करिब ३०० मिटर तल खस्दा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाण्डु पठाइएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर