Skip to content

भैरहवा भन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ ।

अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।

विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सात ओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधारमा फिनिसिङको काम जारी छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ ।

विमानस्थलमा जडान हुने ५० प्रतिशतभन्दा बढी उपकरण आइसकेको र बाँकी पनि केही समयभित्रै आइसक्नेछन् । ती सामग्री आएको ६ महीनाभित्रै जडानको काम सकिने विमानस्थल आयोजना प्रमुख इन्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर