Skip to content

गोरखाको भीमसेन थापा गाउँपालिकामा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको

गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकामा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा राष्ट्र निर्माण मञ्चको प्राबिधिक सहयोगमा यहीँ चैत २३ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले मेलमिलापकर्ताहरुले निस्पक्ष ढंगबाट काम गर्न सकेमात्र नागरिकहरुमा मेलमिलापकर्ताहरु प्रतिको बिश्वास र भरोसा बढ्ने बताउनुभयो । उहाँले स्थानीय स्तरमा हुने गरेका बिबादहरुलाई अदालत र अन्य न्यायिक निकायसम्म पु¥याउनु भन्दा कानुनले दिएको क्षेत्राधिकार भित्र रहेर स्थानीय स्तरमा समाधान गर्नका लागि मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । अध्यक्ष बन्जराले मेलमिलापकर्ताहरुले सिकेका कुराहरुलाई व्यवहारमा पूर्णरुपमा कार्यान्वयन गर्न सके सिकेका ज्ञानको अर्थ हुने बताउनुभयो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) ले अब तालिम लिने मेलमिलाप कर्ताहरु जागरुक भए टोलटोलमा हुने बिबादलाई समाधान गर्न सकिने बताउनुभयो । गाउँपालिकाले मेलमिलाप कर्ताहरुलाई पालिकाको तर्फबाट आबश्यक सहजीकरण गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले कानुनले तोकेको अधिकार क्षेत्र भित्र रहेर मेलमिलापकर्ताले मुद्धा मामिला मिलाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । तालिममा पालिका भित्रका सवै वडाबाट ३÷३ जनाको सहभागिता रहेको थियो । तालिममा मञ्चका अध्यक्ष निर्मल उप्रेती, इराधा पहाडी अधिकारी, र सुमन न्यौपानले सहजीकरण गर्नुभएको गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) ले जानकारी दिनुभयो । गाउँटोलका मुद्धाहरुलाई सकभर स्थानीय स्तरमा न्यायिक ढंगबाट निरुपण गर्नका लागि तालिम प्रभावकारी भएको उहाँको भनाई छ । तालिममा २५ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर