Skip to content

जलविद्युतमा लगानी बढाउन महासंघ सहजीकरण गर्न तयार छ:अध्यक्ष ढकाल

काठमाण्डु। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रकोतर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

राजधानीमा मंगलबारदेखि सुरुभएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गदैै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रुपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

“नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेक मै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उहाँले भन्नुभयो ।नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उहाँले बंगलादेशको बजारकालागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताउनुभयो ।उहाँले नेपाल सरकार तथा अन्य सरोकारवालाहरुलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर