Skip to content

गाेरखामा पालुङटार बासीले लामो खडेरीपरेपछि ईन्द्रदेब र शीवजीकाे पुजा पाठ गरे

गोरखा। गाेरखामा पालुङटार बासीले लामो समय खडेरी परेपछि बर्षातको कामना गर्दै पूजा गरेका छन् । पालुङटार–४ का बासिन्दाले शनिबार मस्र्याङदी र चेपेको दोभानस्थित शिवजीको मन्दिरमा पुजाआजा र जलधारा गरेका हुन् ।पानी माग गर्दै बरुण, मेघ, इन्द्र, देवी र शीवजीको पूजापाठ गरिएको पण्डित रोहिणी प्रसाद पौडेलले बताए । ‘खडेरी पऱ्यो बाली सुक्यो पानी पारिदिनुस् भनेर भगवानसँग प्रार्थना पनि भयो’ उनले भने ।

खडेरीका कारण खेतीबाली लगाउन नपाएको र लगाएको बाली पनि सुक्न थालेपछि चिन्तित किसानहरुको शुक्रबार भेला भएको थियो । भेलाले देवताहरुको पूजा गर्ने निर्णय गरेको स्थानीय श्यामप्रसाद देवकोटाले भने । ‘अघिल्लो दिन सबै घरधुरीले पूजा सामग्री तयार गरे, आज पञ्चेबाजा सहित सबैघरधुरीबाट पूजाका सामग्री लिएर चेपेघाटमा पुजाआजा गर्‍यौं’, उनले भने । देवताको पूजा र जलधारा गर्नाले पानी अभाव भएको इन्द्रलाई थाहा हुने र पानी पारिदिने विश्वास रहेको उनको भनाइ छ । पूजाआजा सकेर फर्केका स्थानीयले बाटोमा पनि जलधारा गर्दै हिँडेका थिए । घैयाधान र मकै लगाउने समय भएपनि बर्षा नभएका कारण लगाउन नसकिएको स्थानीय कृष्णप्रसाद भट्टले बताए । ‘पानी नपरेको करिव एक बर्ष भयो, यतिका समय पानी नपर्दा खेत जोतेर घैया, मकै छर्न पाइएन, वस्तुभाउलाई खानेपानी अभाव भयो, गर्मी बढेर समस्या बनाएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर