Skip to content

बुद्धिजीवी संगठनमा बुद्धिसागर घिमिरे !

पोखरा। नेपाल बुद्धिजीवी संगठनको पोखरा महानगर कमिटीको शनिबार भएको पहिलो सम्मेलनले बुद्धिसागर घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चुनेको छ । ३७ सदस्यीय कमिटीको सचिवमा माधव सुवेदी छन् ।

पोखरा महानगरका बुद्धिजीवी संगठन इन्चार्ज ईश्वरीप्रसाद लम्सालको संयोजकत्वमा लोकराज भण्डारी र वेदनाथ भण्डारी सदस्य रहेको निर्वाचन कमिटीले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।

सम्मेलनमा संगठनका पूर्व केन्द्रीय अध्यक्ष कोमलनाथ बरालले बुद्धिजीवी संगठन निर्माण र यो संगठनको दायित्वमाथि प्रकाश पारे । वाम बुद्धिजीवी रामराज रेग्मीले अहिलेको युगका चुनौती चिर्दै समाजवादको लक्ष्यसम्म पुग्न बुद्धिजीवी वर्गबाट अहं भूमिका अपेक्षा गरिएको जनाए । बुद्धिजीवी संगठन कास्की संयोजक डिल्लीप्रसाद ढुंगानाले मालेमावादमा विश्वास गर्नेहरुको संगठन भएकाले सोही अनुसारका गतिविधि गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री रामजीप्रसाद बराल, माओवादी नेता दीपक कोइराला, संविधानसभा सदस्य तेजकुमारी पौडेल, केन्द्रीय सदस्य सोमती तमु, बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक दुर्गादत्त भण्डारी, माओवादी कास्की संयोजक केशव पौडेल, पोखरा महानगर सचिव जनकराज पराजुली लगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर