Skip to content

भिमसेन थापा गाउँपालिकाले सुरु गऱ्यो जनसेवाको अभियान

गोरखा। गोरखाको भीसमेन थापा गाउँपालिकामा जनसेवा कार्यक्रम सुरु भएको छ । गाउँकार्यपालिकाको बैठकले नै निर्णय गरेर पालिका भित्र जनश्रमदान मार्फत अभियान सञ्चालन गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बंजरा (अक्कल) ले जानकारी दिए । पालिकाले निर्णय गरेसंगै पहिलो पटक आज गाउँपालिकाको वडा नम्बर १ स्थित ध्याम्पेसाल बजारमा सरसफाई गरेको उनले बताए ।

अभियान अन्तर्गत ध्याम्पेसाल बजार क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बन्जराले बताए । सरसफाई कार्यक्रममा गाउँपालिका अध्यक्ष बन्जरा सहित प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, स्वास्थ्य शाखाका प्रमुख भेषराज खनाल, गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारीहरु, नेपाल प्रहरी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले हरेक महिनाको १ गते जनसेवाको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर