Skip to content

बामदेव नेकपा(ओली) पार्टीमा निशर्त फर्किए

पोखरा।  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूरानो पार्टी एमालेमै फर्किएका छन् । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनी एमालेमा फर्किन राजी भएको एमाले नेताहरुले दाबी गरेका छन् ।

उनले आफू काम गर्न र खटिनको लागि एमालेमा आउन लागेको बताएका थिए । अध्यक्ष ओलीले पनि एमालेमा स्वागत रहेको भन्दै सक्रियतापूर्वक पार्टीको काममा लाग्न आग्रह गरेका छन् । सो क्रममा उनले अब पार्टीलाई बलियो बनाउन र ०८४ को निर्वाचनमा ६० लाख भोट कटाउनेगरि काम गर्ने बताएका थिए ।

नेकपा विभाजनपछि एकताको लागि अभियान चलाएर आएका गौतम पछिल्लो समय निश्क्रिय थिए । उता, भोलि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भोलि नै समाजवादी मोर्चा घोषणा गर्दैछन् । नेता गौतमलाई पनि उक्त मोर्चामा सहभागी हुन आग्रह गरिएको थियो । त्यसकै पूर्वसन्ध्यामा गौतमले ओलीसँग भेट गरेका हुन् ।

एमालेमा फर्किन लागेका वामदेवले आफ्नो अभियानमा सहभागी भएकाहरुको व्यवस्थापनको कुरा उठाएका थिए । स्वयम गौतमको एमालेमा कसरी व्यवस्थापन हुन्छ ? भन्ने कुरा खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर