Skip to content

माघ ३ गते पोखरामा कांग्रेशको बृहद विरोध प्रदर्शन गर्दै

पोखरा । संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारको विरुद्धमा आगामी माघ ३ गते नेपाली काँग्रेस पोखरा महानगर समितिको आयोजनामा बृहत विरोध प्रदर्शन कार्यक्रम हुने भएको छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा प्रदर्शनको आयोजना हुने सोमबार बसेको महानगर समिति बैठकले निर्णय गरेको नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठले बताए ।

उक्त प्रदर्शनलाई सफल पार्न सम्पुर्ण प्रजातन्त्रप्रेमी, नागरिक समाज लागायतका व्यक्तिहरुको वृहत सहभागिताका लागि समेत श्रेष्ठले आग्रह गरेका छन् ।

आगामी माघ ३ गते शनिबार बिहान ११ः०० बजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा भेला भई मानवअधिकारचोक चिप्लेढुंगामा विरोध सभाको आयोजना गरिने सो सभालाई केन्द्रिय स्तरका काँग्रेस नेताले सम्बोधन गर्ने कार्यक्रम प्रचार समिति संयोजक नविनराज बरालले जानकारी दिए ।

मानवअधिकारचोक क्षेत्रमा आयोजना गरिने विरोध कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर