Skip to content

ओली प्रवृत्तिलाई धुलो चटाएर छाड्छौं:नारायणकाजी श्रेष्ठ

पोखरा। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रधानमन्त्रीले सबै सेटिङ मिलाएका छन्, हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम फैलाइएको बताएका छन्। पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रवक्ता श्रेष्ठले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए।

‘तर केपी बाले सेटिङ गराउनु भएको छ, सबै मिल्छ। अदालतले हाम्रो पक्षमा फैसला गर्छ, निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ भनेर केपी र उनका गुटका मान्छेहरु भनिरहेका छन्,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं। तर सेटिङका कुरा जसरी चलेका छन्, सर्वोच्च अदालत र हामी सबै सचेत हुनुपर्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदबाट हट्ने देखेपछि संसद विघटन गरेको बताए। ओली समूहले संसद विघटन गर्नु बाध्यता भएको बताउने गरेको भन्दै श्रेष्ठले प्रश्न गरे, ‘के पर्‍यो त्यो बाध्यता ? निजी स्वार्थले संविधान मिच्‍न पाइन्छ ? संविधान भत्काउन पाइन्छ ?’ उनले असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान च्यात्न खोजेको बताए।

श्रेष्ठले ओलीको प्रधानमन्त्री बनिरहने रहरले संविधान र लोकतन्त्र संकटमा परेको बताए। उनले ओलीको तानाशाही प्रवृत्तिलाई पराजित गरेरै छाड्ने दाबी समेत गरे। ‘संयुक्त संघर्षका लागि राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुसँग छलफल भइरहेको छ,’ उनले भने ‘ओलीको निरंकुश, प्रतिगामी र तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्छौँ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर