Skip to content

गठबन्धनको जगमा होइन, आफ्नै खुट्टमा पार्टी बलियो बनाऔं : युवराज भट्टराई

काठमाण्डु। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य युवराज भट्टराईले पार्टीलाई आफ्नै जगमा बलियो बनाएर लैजानुपर्ने बताएका छन् । काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथी टिप्पणी गर्ने क्रममा उनले आज त्यस्तो बताएका हुन् ।

पार्टीले आफ्नै संगठन बनाउने, जनताका बीचमा भिज्ने र जनताको सेवामा रमाउने संस्कार छोडेर पटक पटक गठबन्धन मात्र बनाएर जान खोज्दा त्यसले क्षति पुगिरहेको भन्दै भट्टराईले गठबन्धनमा भर पर्ने भन्दा आफ्नै पार्टीको जग बलियो बनाउने गरि जानुपर्ने सुझाव दिए ।

उनले पार्टीले अगाडी सारेको तीन महिने जनतासँग पार्टीलाई जोडने अभियानलाई नयाँ र युवापुस्तासम्म जोडेर लैजाने, सरकारका तर्फबाट भए गरेका राम्रा कामलाई जनताका बीचमा लैजाने र माओवादी हुनुको गर्विलो इतिहास र त्यसको महत्ववोधलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।
भट्टराईले दुई अंकसम्मको केन्द्रीय समिति, पदाधिकारी तथा स्थायी समितिमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरि जानुपर्नेमा जोड दिए । ‘केन्द्रीय समिति जम्बो हुँदै गयो, यसले पार्टी बनाउँदैन । संगठनात्मक भद्रगोलता मात्र बनाउँछ । दुई अंकसम्मको पार्टी केन्द्रीय समिति बनाऔं, पदाधिकारी र स्थायी समितिमा युवाहरुको प्रतिनिधित्व गराऔं,’ भट्टराईले भने, ‘त्यसले मात्र पार्टी बलियो बनाउन सक्छ । युवाहरुको जोश र जाँगरले पार्टीलाई नयाँ उर्जा भरेर लैजान बल पुग्छ ।’

भट्टराईले मधेसको पार्टी संगठन र त्यहाँका एजेण्डाका बारेमा पनि बैठकमा धारणा राखेका थिए । उनले गौर हत्याकान्डका पीडितहरुको धर्नाका बारेमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर