Skip to content

खेलकुदले बिरामीको चाप घटाउँछ : मन्त्री सिंखडा

पोखरा। सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेलकुद क्षेत्रमा सबै मानिस लागेमा अस्पतालको चाप घट्ने बताएकी छन् ।पोखरा शारीरिक सुगठन सङ्घको पदस्थापनलाई सम्बोधन गर्दै उनले सबै मानिस खेल क्षेत्रमा जोडिनुपर्ने धारण राखिन ।

खेलकुद स्वास्थ्य बनाउने, मानसिक रोग घट्ने, रमाइलो दिने कारण पनि खेलकुदले हस्पिटलमा बिरामीको चाप घट्ने, मानिसको सोच्ने शक्तिको विकास हुने मन्त्री सिंखडाकाे भनाइ छ ।पोखरा शारीरिक सुगठन सघबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पदक ल्याएर देशको नाम राखेको धन्यवाद दिइन । शारीरिक सुगठनमा महिलालाई समेट्नुपर्ने बताइन ।पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले पोखरा शारीरिक सुगठनले खेलकुद भन्दा अन्य सामाजिक काम पनि गर्दै आएको छ ।साउन २० गतेको विशेष अधिवेशनबाट पोखरा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम उदास, द्वितीय उपाध्यक्षमा पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव इन्जिनियर उत्तम मान उदास, कोषाध्यक्ष पुष्प उदास चयन भएका थिए ।

सदस्य रञ्जन बुद्वचार्य, अर्जुन गिरी, गौतम उदास, प्रेम पुन, महेश उदास र प्रवीण वैद्य चयन भएका छन् ।दक्षिण केरियामा सम्पन्न साउथ एसियन खेलामा तेस्रो भएका सुरेश गुरुङ र जीवन घिमिरे र मिस्टर पोखराका विजेता केशव उदासलाई सम्मान गरिएको थियो ।२१ वर्ष अघि २०५८ सालमा स्थापना भएको सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर