Skip to content

सङ्घीयता बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण छ–मन्त्री सिंखडा

पोखरा। गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सङ्घीयता बलियो बनाउने काममा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कास्कीले आयोजना गरेको निजामती कर्मचारी फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंखडाले सङ्घीयता कार्यान्वयन कर्मचारीहरूको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
स्वास्थ्यका लागि खेल आवश्यक भएको बताउँदै मन्त्री सिंखडाले भन्नुभयो–‘खेलकुद प्रतियोगिताले अन्तर सम्बन्धको काम पनि गर्छ, एक अर्कोमा भएका तिक्तताहरूलाई मेटाउने काम पनि गर्छ, यस्ता प्रकारका प्रतियोगीताहरु हुनु आवश्यक छ’ । गण्डकी प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालय पनि आफूले सम्हालेको बताउँदै उहाँ खेलकुदका विविध शीर्षकहरूमा बजेट विनियोजन गरी खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । कर्मचारीहरूबिचको यो फुटसल प्रतियोगिताले एक आपसमा एकताको सन्देश दिएको र यसले प्रशासनिक देखि विविध गतिविधिमा सहयोग र सद्भाव देखिने मन्त्री सिंखडाको भनाई थियो ।
व्यवसायिक र सृजनशिल प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती दिवसको अवसरमा राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको प्रतियोगिता २१ गते सम्म पोखरा मुस्ताङ चोक फुटसलमा हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर