Skip to content

काठमाडौंमा माघ १६मा विशाल विरोध प्रदर्शन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले काठमाडौंमा माघ २३ का लागि निर्धारित बिरोध प्रदर्शनलाई एक साता अगाडि सारिएको छ। अब प्रदर्शन माघ १६ गते हुनेछ।

शुक्रबारको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रमको मिति केही दिन अघि सारेको हो। यस्तै, बैठकमा संगठन विस्तारका विषयमा पनि छलफल भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका बारेमा अध्यक्ष प्रचण्ड र माधव नेपालले स्थायी समितिमा ब्रिफिङ गरेका थिए। उनीहरुले स्थायी कमिटी सदस्यलाई तत्काल कांग्रेसले आन्दोलनमा साथ नदिने सुनाए।

यस्तै, अहिलको सरकार संसद विघटनपछि कामचलाउ भइसकेको र कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने ठहऱ्याएको छ। अहिले सरकारले मनपरी काम गरिरहेको भन्दै बैठकले भत्सना गरेको छ। ’पार्टी संगठन, नेपाली काग्रेसका नेतासँगको भेट र सरकार कामचलाउ भएकाले उसले गरेका निर्णयको भत्सना गर्ने कुरा भएको छ,’ एक स्थायी कमिटी सदस्यले भने।

आजको बैठक पछि सरकारका निर्णयको भत्सना गर्दै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर