Skip to content

राज्य स्तरको सन्धीले ब्रिटिस–गोर्खा बनेकाले नेपाली नागरिकताको दिनुपर्छः वक्ताहरु

काठमाण्डु। ब्रिटिस–गोर्खा तत्कालिन् राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने वक्ताहरुले बताएका छन् ।
शुक्रबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके/नेपाल (विजीएनसीसीसी)ले ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले सो धारणा राखेका हुन् ।
प्रा.डा.सुरेन्द्र केसीले ब्रिटिस–गोर्खा बनेको समयदेखि अहिलेसम्मका नेपाली शासकहरुको कारण ब्रिटिस गोर्खा सैनिकहरु अन्यायमा परेको जिकिर गरे । प्रा.डा. केसीले एनआरएन र गोर्खाहरुलाई नागरिकता दिने कुरामा एउटै दृष्टिले हेर्न नमिल्ने बताउँछन् । ‘तत्कालिन् राज्यसक्ताको आवश्यकताले दुई देशबीचको सन्धी अनुरुप बनेकाले ब्रिटिस–गोर्खाहरुलाई सरकारले नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्छ ।’ डा.केसीले थपे ।
त्रिविका प्राध्यापक बालकृष्ण माबोहाङले देशको सर्वभौमसत्ताको रक्षा गर्ने ब्रिटिस गोर्खाहरुलाई विगतदेखि वर्तमान शासकहरुले उच्च सम्मानित दर्जामा राख्नुको साटो अपहेलना गरेको आरोप लगाए । प्रा.माबोहाङले नेपालीहरुलाई किनबेचको साधनकोरुपमा व्यवहार गरेर अहिले नागरिकताबाट च्युत गर्न खोज्नु दुर्भाग्य भएको बताउँदै भने,“ब्रिटिस–गोर्खाहरुकै कारण कैलाली,कञ्चनपुरलगायतका ४ जिल्ला फिर्ता भयो, के यस्तै कारणले राज्य बिहिन बनाउन खोजेको हो ?” आदिवासी जनजाति महासंघका पूर्व महासचिवसमेत रहेका माबोहाङले विभिन्न पार्टीका भातृ संगठन बन्ने भन्दा पनि आफ्नो मुद्धालाई बोक्ने पार्टीमा सबै एकजुट हुनसमेत सुझाउँदै भने,“ब्रिटिस गोर्खाहरुको मुद्धा समेट्ने जुनसुकै पार्टीमा आजकै मितिबाट मिसन ८४सीमा लाग्नुस् ।”
आयोजक संस्था (विजीएनसीसीसी–युके÷नेपाल)का संयोजक सुनबहादुर तामाङले गोर्खाहरुलाई नेपाल सरकारले अरु एनआरएनको सरह व्यवहार  नगर्न आग्रह गरे । तामाङले नागरिकताबाट बञ्चित गरिए देशलाई ठूलो क्षति मात्रै नभएर गोर्खाहरु कुनैपनि समयमा राज्य बिहीन हुने चिन्ता व्यक्त गरे । आफूहरुलाई बेलायत सरकारले सम्झौताअनुसार सेवा सुविधा नदिएर विभेद गरेको बताउँदै त्यसमा नेपाल सरकारले ब्रिटेनसँग पहल गर्नुपर्ने माग राखे ।
ब्रिटिस–गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालका प्रमुख संयोजक कृष्ण बहादुर राईले पुराना देखि आजका शासकहरुले आफूहरुलाई न्याय दिनेभन्दा ‘राष्ट्र बेच्ने र ब्रिटेन किन्ने’ घृणित सोच र व्यवहार जारी राखेको आरोप लगाए । नेपाली शासकहरुको अदुरदर्शिता र स्वार्थीपनको कारण आफूहरु भाडाका सैनिकमा मात्रै सिमित बनाएर देशको अन्य देशहरुसँग कुटनीतिक सम्बन्धमा असर परेकोसमेत बताए ।
ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल संयोजक भिम बहादुर लिम्बु तावाले राजादेखि वर्तमान शासकहरुले ब्रिटिस गोर्खाहरुलाई बस्तु जस्तै बिक्रि गरेर आफ्नो स्वार्थ पूर्ति गरेको आरोप लगाए । तावले नेपाल सरकारले नागरिकताबाट च्युत गरे त्यसले देशलाई ठूलो क्षति पुग्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर