Skip to content

देश बरबाद हुन दिन सकिँदैन, अब सरकार चुप लागेर बस्दैन्:नारायणकाजी श्रेष्ठ

काठमाण्डु। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गरेका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठनले आज बिहीवार काठमाडौँ योजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताए । राजनीतिक प्रणालीमाथि खतरा निम्तिने कुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ कि सकिँदैन भन्ने नभई बनाएरै छोड्ने प्रतिबद्धता जनाए । उनले अब तैँ चुप मै चुप भएर यथास्थिति कायम गर्ने प्रक्रियाले देश बन्न नसक्ने भन्दै देश बरबाद हुन दिन नसकिने उल्लेख गरे ।
उनले भने, ‘को सरकारमा को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ । अझ सशक्त र प्रभावकारी बनाउनुपर्छ । यो अभियानलाई सफल बनाइएन भने मेरो, मेरो पार्टीको, अहिलेको सरकारको कुरा होइन, राजनीतिक प्रणालीमाथि खतरा पैदा हुन्छ । त्यो दिशातिर जान दिनु हुँदैन, त्यस कारण बनाउन सकिन्छ कि सकिँदैन होइन, बनाइन्छ, बनाउनुपर्छ । अब तैँ चुप मै चुप भएर यथास्थिति कायम प्रक्रियाले देश बन्दैन, देश बरबाद हुन दिन सकिँदैन । अब बनाउनै पर्छ । को सत्तापक्षमा छ, को प्रतिपक्ष भनेर नहेरौँ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर