Skip to content

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि हुँदा आयात भने निकै कमजोर

वीरगञ्ज। वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालबाट बाहिरिने सामानको तुलनामा भारतसहित तेश्रो मुलुकबाट सामान आयात हुने क्रम ह्वात्तै बढेको छ ।वीरगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको भदौसम्म्ममा जम्मा ९ करोड, ९६ लाख, ८९ हजार ६सय १० रुपैँया बरावरको सामान आयात हुँदा यही अवधिमा जम्मा ५२ लाख, ९३ हजार ८ सय २४ रुपैयाँका सामान मात्रै निर्यात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा भने यो नाकाबाट १२ करोड, १० लाख, ६३ हजार ६ सय ६८ रुपैयाँको आयात हुँदा ७ करोड, ५ लाख, ७ हजार ५ सय ६३ रुपैँया बरावरको सामान निर्यात भएको थियो ।चालु आर्थिक वर्षको भदौमा मात्र वीरगञ्जबाट पाँच करोड, १३ लाख, ९३ हजार ५ सय ९३ रुपैँयाको आयात हुँदा २८ लाख, १४ हजार, ६ सय ८७ रुपैँयाको निर्यात भएको छ ।चालु आर्थिक वर्षको दुई महिनामा भने नौं करोड, ४३ लाख,९५ हजार, ७ सय ८५ रुपैँयाको ब्यापार घाटा भएको छ भने यो अवधिमा दश करोड, ४९ लाख, ८३ हजार, चार सय ३४ रुपैयाँको बैदेशिक कारोबार भएको पनि वीरगञ्ज भन्सार कार्यालयको विवरणमा उल्लेख छ ।यो अवधिमा पनि सबैभन्दा बढी डिलेज नै आयत भएको छ भने निर्यातसम्म फलफुलको जुस नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर