Skip to content

किन फर्कियो काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै!

काठमाण्डु। काठमाण्डुबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।
विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।
टिकास के हो ?
जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ । यदि टिकासमा समस्या आए अरु जहाजहरुको पोजिसन थाहा हुँदैन ।
अर्को कुरा काठमाडौंबाट दमाम उड्ने जहाजहरु ३५/३६ हजार फिट उचाइमा उड्छन् । यदि टिकासमा समस्या आयो भने २९ हजार फिट भन्दा तलको उचाइमा उड्नुपर्छ । त्यसलाई रिड्युस्ड भर्टिकल सेपरेसन मिनिमा (आरभीएसएम) भनिन्छ । आरभीएसएममा छिर्न मिल्दैन । आरभीएसएम भनेको २९ हजारदेखि ४१ हजार फिटसम्म रहन्छ । लो लेभलमा उड्दा जहाजको इन्धन बढी खर्च हुने गर्दछ ।त्यसैले नेपाल एयरलाइन्सको जहाज दमाम नपुग्दै डाइभर्ट भएको स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर