Skip to content

समाजवादी मोर्चा सुर्खेत घोषणा, माओवादी केन्द्रका राना संयोजक

सुर्खेत।  समाजवादी मोर्चा सुर्खेत गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर राना संयोजक रहेको जिल्ला मोर्चा घोषणा
गरिएको छ । मोर्चाको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का तर्फवाट टोपवहादुर दर्लामी, नेकपा एकिकृत समाजवादीका तर्फवाट टोपवहादुर रास्कोटी, खड्क केसी, नेकपाका तर्फवाट जीत सी, योजना सी र जसपाका तर्फवाट दीप नेपाली, गंगा देवकोटा सदस्य रहनुभएको छ ।
मोर्चा घोषणालाई सम्वोधन गर्दे नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानमै समाजवाद उन्मुख ब्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा वहश सृजना गर्नु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,  ‘संविधानमा समाजवाद उन्मुख ब्यवस्था भनिएको छ । काँग्रेस ,कम्युनिष्टसवैले समाजवाद भनिरहेका छौ । कस्तो समाजवाद हामीले चाहेको हो । वहस गर्न जरुरी भएको छ ।’

नेपाली मौलिकताको समाजवादलाई विकास र स्थापित गरेर मात्र अहिलेको समाजीक अन्तरविरोधलाई हल गर्न सकिने भएकाले आर्थिक सम्पन्ता, समाजिक न्यायलाई एकसाथ वढाउनुपर्ने शर्माले जोड दिनुभयो । उहाँले भन्नुभयो,  ‘जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्ता संग सुख र समाजिक न्यायसंग खुसी जोडिएको छ ।’कर्णाली प्रदेश सरकार आर्थिक सम्पन्ताका लागि रोजगारी र समाजीक न्यायका लागि जागरणका कार्यक्रम सञ्चालनको तयारी गरिरहेको शर्माको भनाइ छ ।कार्यक्रममा नेकपा (एकिकृत समाजवादीका जिल्ला सह ईञ्चार्ज कुलदिप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्टपार्टीका विचमा एकता जरुरी भएको वताउनुभयो ।नेकपाका नेता भरत सीले राष्ट्रिय स्वतन्त्रतास्वाधीनता ,सामुहिकतामा समाजबाद बिना सुशासन, शान्ति र समृद्धका लागि समाजवाद अपरिहार्य भएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर