Skip to content

खड्ग प्रसादको दक्षिणपन्थी तर्फको यात्रा तिब्र बेगम: योगेश भट्टराई

पोखरा। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बहुमतका स्थायी कमिटी सदस्य योगेश भट्टराईले  प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बाटो तर्फ जादै गरेको  बताउनुभएको छ ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक  अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले  संसद बिघटन गर्ने र असंबैधानिक कदम चाल्ने जस्ता कार्य गरेर प्रधानमन्त्री ओली  दक्षिणपन्थी बाटोमा दौडिएको आरोप लगाउनुभएको हो ।

संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाँले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको समेत  बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफुहरुको लगाव र स्नेह रहेको उहाँको भनाई छ ।

भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभयो  । उहाँले  वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताउनुभएको हो ।

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर